कालिकाेट । कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ११ को बरातु गाउँ सुन्तलाको पकेट क्षेत्रको रूपमा परिचित छ । गाउँका ५६ घरधुरी नै सुन्तला खेतीमा लागेका छन् । बराता गाउँका स्थानीयले सुन्तला खेतीबाट गरिरहेको आम्दानी लोभलाग्दो छ ।
खाँडाचक्र नगरपालिकाको बराता पुग्दा विरु भारती कुखुरालाई चारो हाल्दै हुनुहुन्थ्यो । हिजोआज उहाँलाई सुन्तलाका बोटहरुको स्याहार गर्न भ्याइनभ्याइ छ । केही वर्षअघिसम्म तरकारी खेतीमात्रै गर्दै आउनुभएका विरु अहिले तरकारीसँगै सुन्तला खेती पनि गरिरहनुभएको छ ।
खाँडाचक्र ११ बरातुका विरु भारती मात्र होइन, बरातु बस्तीका सबै स्थानीय सुन्तला खेतीमा लागेका छन् । सुन्तला खेतीले एक महिनामा कमाएको पैसाले एक घरलाई वर्षभरि चाहिने खर्चको जोहो हुन्छ ।
भारतीले सुनाउनुभयो, ‘गाडीको सुविधा छैन, हामी महिलाले आफैं भारी बोकेर बजार जान्छौं, आफैं बेचेर घर आउँछौं । सुन्तलाको आम्दानीले बालबच्चाको पालनपोषण देखि सबै कुरामा सजिलो भएको छ ।’
खाँडाचक्र ११ बरातुका विरु भारती मात्र होइन, बरातु बस्तीका सबै स्थानीय सुन्तला खेतीमा लागेका छन् । सुन्तला खेतीले एक महिनामा कमाएको पैसाले एक घरलाई वर्षभरि चाहिने खर्चको जोहो हुन्छ ।
स्थानीय तारा गीरीले भन्नुभयो, ‘बरातु नभनेर सुन्तला गाउँ भनेर घोषणा गरिएको छ हाम्रो गाउँलाई । सुन्तला खेतीमा लागेर ७ जनाको परिवारलाई पालनपोषण गर्न, लुगाकपडा, पढ्ने लेख्ने खर्चहरु सबै हामी त्यसैबाट गछौं । पुसबाट सुन्तला बेच्न सुरु गछौं, सिजनमा दुई अढाइ लाख आम्दानी हुन्छ ।’
बरातुकै अर्का किसान जगत रोकायाको बारीमा ८० वटा सुन्तलाका बिरुवा छन् । अहिले ३० वटा बोटमा फल लाग्ने गरेको छ । वार्षिक ४ लाखसम्म आम्दानी हुने गरेको रोकाया बताउनुहुन्छ ।
स्थानीय जगत भारती २ वर्षसम्म रोजगारीका लागि भारत जानुभयो । जति दुःख गरे पनि आर्थिक अभाव भइरहने समस्याका बीच घर फर्कनुभयो र हिजोआज गाउँमै सुन्तला खेतीमा रमाइरहनु भएको छ ।
बरातुकै अर्का किसान जगत रोकायाको बारीमा ८० वटा सुन्तलाका बिरुवा छन् । अहिले ३० वटा बोटमा फल लाग्ने गरेको छ । वार्षिक ४ लाखसम्म आम्दानी हुने गरेको रोकाया बताउनुहुन्छ ।
भारतीले भन्नुभयो, ‘इन्डिया गएर चौकीदारी गरेर आफ्नो परिवार पाल्थें । २३ जनाको परिवार छ, यही सुन्तला खेतीबाट भएको आम्दानीले पुगेको छ अहिले ।’
बदालकोटको बरातुमा उत्पादन भएका सुन्तला स्थानीय हाट बजारमा बिक्री नहुँदा भने किसान दुःखी छन् । सुन्तला खेती गर्ने किसानका लागि बजार खोज्न वडा कार्यालयले कस्तो पहल गरिरहेको छ ? वडा अध्यक्ष पुष्पराज गीरी यस विषयमा वडाले योजना बनाएर काम गरिरहेको बताउनुहुनछ ।
स्थानीय जगत भारती २ वर्षसम्म रोजगारीका लागि भारत जानुभयो । जति दुःख गरे पनि आर्थिक अभाव भइरहने समस्याका बीच घर फर्कनुभयो र हिजोआज गाउँमै सुन्तला खेतीमा रमाइरहनु भएको छ ।
वडा अध्यक्ष गीरीले भन्नुभयो, ‘सुन्तला पकेट क्षेत्रलाई विस्तृत रुपमा विकास गर्नको लागि अहिले हाम्रो यहाँ कस्टम हाइरिङ सेन्टर निर्माण भइरहेको छ । जसमा यो पकेट क्षेत्रभित्र चाहिने आवश्यक सबै सामग्रीहरुलाई व्यवस्थापन गरेर राख्ने, जहाँ जुन किसानलाई आवश्यक पर्छ त्यहाँ उहाँहरुले सजिलै लगेर परिचालन गर्न सक्ने व्यवस्था गरिदैछ । त्यो सँगै अहिलेसम्म उहाँहरुको अप्ठ्यारो के छ, अन्तरक्रिया गरेर, हामीले आवश्यक स्रोत, सामग्री र तालिमको व्यवस्था गरेर सुन्तला खेतीलाई विस्तार गर्ने योजनामा छौं ।’
सुन्तलाको उत्पादन धेरै भए पनि विक्री सोचेजस्तो छैन । अधिंकाश कुहिएर खेरजाने समस्या नहोस् भन्ने किसान चाहिरहेको छन् ।
अडियो सुन्न तलको लिंकमा क्लिक गर्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६, ०६:३९