मकरराज धामी
बझाङ । बझाङमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । १७ जना घाइते भएका छन् ।
सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिका २ खेतकोटका लागि छुटेको गरेको सु.प.प्र ००१–००१ च ११७ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकमा मष्टा २ का १२ वर्षीय सम्झना खड्का,१५ वर्षीय रोशन खड्का,११ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया वसन्ती धामी, ३८ बर्षीय विरेन्द्र अधिकारी ७ महिनाकी दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ४२ बर्षिय झरेन्द्र बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेशदत्त अधिकारीले जानकारी दिनुभयाे ।
घाइतेमध्ये पाँचजनालाई थप उपचारका लागि धनगढी पठाइएको र १२ जनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको पनि उहाँले जानकारी दिनुभयाे ।
सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कदै गरेका यात्रुहरु दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो । (अपडेट)
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९, १७:३३