काठमाडाैँ । साबिक विजेता अस्ट्रेलिया टी–ट्वेन्टी विश्वकप २०२२को पहिलो खेलमै पराजित भएको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा अस्ट्रेलिया न्यूजिल्यान्डसँग ८९ रनले पराजित भएको हो ।
२ सय १ रनको लक्ष्य पाएको अस्ट्रेलिया १७ ओभर १ बलमा १ सय ११ रन मै अल आउट भयो ।
अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २८ र प्याट कमिन्सले २१ रन बनाउनुभयो । न्युजिल्यान्डका मिचेल स्यान्टेनर र टिम साउथीले ३–३ विकेट लिएपछि अस्ट्रेलिया दवावमा पर्यो । यस्तै, ट्रेन्ट बोल्डले २ तथा लक्कि फगुर्सन र ईस सोधीले १–१ विकेट लिनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय रन बनाएको थियो । जितसँगै न्युजिल्यान्ड समूह एको शीर्ष स्थानमा छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९, १८:०९