काठमाडाैँ । भारतले टी ट्वेन्टी विश्वकप क्रिकेटमा विजयी शुरुवात गरेको छ । अस्ट्रेलियाको सिड्नीमा भएको खेलमा चीर प्रतिद्वन्दी पाकिस्तानलाई ४ विकेटले हराउँदै भारत विजयी भएको हो ।
३१ रन बनाउँदा ४ विकेट गुमाएपछि संकटमा परेको भारतलाई विराट कोहली र हार्दिक पान्ड्याले पाँचौ विकेटका लागि ११३ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।
कोहली ८२ रनमा अविजित रहे । पान्ड्याले ४० रन बनाए । रोहित शर्मा र के एल राहुल चार चार तथा सुर्यकुमार यादवले १५ रन बनाए ।
पाकिस्तानका हरिस रौफ र मोहम्मद नवाजले दुई दुई तथा नसिम शाहले एक एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट जिताएर १५९ रन बनाएको थियो ।
ओपनर बाबर आजम र मोहम्मद रिजवान क्रमश तीन र शुन्य रनमा आउट भएपनि सान मसुद र इफ्तिकार अहम्मदले ५१ रन बनाए । भारतका अर्षदीप सिंह र हार्दिक पान्ड्याले तीन तीन तथा भुवनेश्वर कुमार मोहम्मद सामीले एक एक विकेट लिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९, १७:४१