काठमाडौ । नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र आज पनि सार्वजनिक कार्यक्रम अनिश्चित कालका लागि स्थगित भएको छ ।
यसअघि पनि घोषणापत्र सार्बजनिक कार्यक्रम सारिएको थियो । काँग्रेसले हिजो साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने बताएकोमा अन्तिम समयमा आएर आज बिहान साढे १० बजेका लागि समय तोकेको थियो । तर आज बिहान ८ बजे एक विज्ञप्ती जारी गर्दै अर्को सूचना नहुन्जेसम्मका लागि घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगन गरेको काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने भनिएकोमा अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको बताउनुभयो ।
काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार काँग्रेसले घोषणापत्रको सबै काम सकेको छ । तर तिहार पर्व सुरु भएकाले तत्काल सार्बजनिक गर्ने नगर्ने विषयमा निश्कर्ष निस्किएको छैन ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९, ०८:२३