काठमाडाैँ । टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आयरल्याण्डले इंग्ल्यान्डलाई ५ रनले हराएको छ ।
अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्डमा बुधबार बर्षाका कारण प्रभावित भएको खेलमा आयरल्यान्डले इंग्ल्यान्डलाई डकवर्थ लेविस पद्दतिका आधारमा ५ रनले हराएको हो । १ सय ५८ रनको लक्ष्य पाएको इंग्ल्यान्डले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय ५ रन बनाउँदा बर्षाका कारण खेल अवरुद्ध भएको थियो ।
इंग्ल्यान्डका डेविड मलानले ३५ र मोइन अलीले अविजित २४ रन बनाए । आयरल्याण्डका जोस लिटलले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको आयरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । आयरल्याण्डका कप्तान एन्डी बलब्रिनीले ६२ र लोर्कन टुकरले ३४ रन बनाए । इंग्ल्यान्डका आदील राशिद र मार्क उडले ३/३ विकेट लिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९, १५:०५