हुम्ला। चार महिनाअघि सिमकोट गाउँपालिकाको खाताबाट खार्पुनाथ गाउँपालिकाको खातामा स्थानान्तर भएको भनिएको साढे १ करोडभन्दा धेरै रकम खार्पुनाथ गाउँपालकिाले फिर्ता गरेको छ ।
खार्पुनाथ गाउँपालिका र राष्ट्रिय वाणिज्य सिमकोटका कर्मचारीको लापरवाहीका कारण रकम स्थानान्तरण भएको थियो । यसबारेमा सीआईएनले असोज ९ गते खोजी रिपोर्ट प्रसारण गरेपछि रकम फिर्ता र अनियमितता भएको वा नभएको बारेमा अनुसन्धानका लागि सम्बन्धित निकाय दवावमा परेका थिए ।
रेडियो कर्णाली आजाव हुम्लाले आज गरेको कार्यक्रममा खार्पुनाथका प्रमुख प्रशासकीय अधिृत चन्द्रवीर शाहीले रकम फिर्ता भएको बताउनुभयो । खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले सिमकोट गाउँपालिकाको खाताबाट स्थानान्तरण भएको रकमबाट विनियोजन भएका योजनाको छानबिनका लागि उपाध्यक्ष सिन्धु हमालको संयोजकत्वमा छानबिन समिति बनाएको बताउनुभयो ।
समितिले पाँच दिनभित्र बुझाउने प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गर्ने उहाँको भनाइ छ । गएको असार मसान्तको सुरुदेखि अन्तसम्म हुम्लाको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामालाई बजेटको रकम खर्च गर्दागर्दै हराएको शङ्का लाग्यो । यसबारेमा जिज्ञासा राख्दा लेखापाल आश्विनीकुमार देवकोटाले पैसा नहराएको जवाफपछि अध्यक्ष लामा झनै चिन्तामा पर्नुभयो ।
गाउँपालिकाको डेढ करोडभन्दा बढी रकम नभेटिँदा आधा दर्जनभन्दा धेरै योजनाको काम प्रभावित त भयो नै, खाताबाटै पैसा हराउनु अर्को अचम्मको विषय भयो । खोजी गर्दै जाँदा थाहा भयो कि खार्पूनाथ गाउँपालिकाको खातामा सीमकोट गाउँपालिकाको १ करोड ५७ लाख ५२ हजार ६६७ रुपैयाँ गएको पाइयो ।
बाणीज्य बैंक सिमकोटका प्रबन्धक ठोक्रे विष्टले आफूहरूको सामान्य गल्ति भए पनि पूर्ण रूपमा खार्पुनाथ गाउँपालिका दोषी भएको टिप्पणी गर्नुभयो । खार्पूनाथ गाउँपालिकाले गएको जेठ २७ मा वाणिज्य बैंकलाई लेखेको चिठीमा आप्mनो सञ्चित कोषबाट रकम अर्को खातामा स्थानान्तरण गर्न भनिएको छ ।
खार्पुनाथले आफ्नो सञ्चित कोषको खाता नम्बर नलेखी सीमकोटको उल्लेख गर्यो र रुजु नगरी बैंकले सीमकोटको रकम स्थानान्तरण गरिदियो । बैंकका कारण सीमकोटको रकम आएको आरोप लगाउँदै खार्पूनाथका प्रमूख प्रशासकिय अधिकृत चन्द्रवीर शाही सुरुमा जोगिन खोज्नुभयो ।
बैंकले भीडभाडमा आप्mनो तर्फबाट केही कमजोरी भएको उल्लेख गरे पनि खार्पूनाथले लेखेको खाता नम्बरमा गलत हुनुमा आफ्नो कुनै दोष छैन भन्छ । लाखौँ रकम एक्कासी हराउँदा र पाउँदा दुवै गाउँपालिका झन्डै दुई महिना जानी वा नजानी चुप लागे ।
गाउँपालिकाले आन्तरिक लेखापरीक्षण गर्दा मात्र रकमको खोजी भयो । खार्पूनाथ र सिमकोट गाउँपालिकाको लेखापालको दोहोरो जिम्मेवारी आश्विनीकुमार देवकोटामाथि छ ।
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५, ०९:०६