दैलेख । कर्णाली प्रदेशको दैलेखमा गएराति भूकम्प गएको छ । त्यो नयाँ भूकम्प रहेको मूकम्प मापन केन्द्रले जनाएको छ । दैलेखको नौमूले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दू भएर गएराति १२ बजेर २६ मिनेटमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६, ०८:१४