नवलपरासी । नवलपरासीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।
पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिका–२ मोथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
पाठककाअनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–१ का तारा विक, विनय विक, धनी विक, देवी गाहा र स्याङ्जा गल्याङ नगरपालिका–९ बेलचौरकf फूलमाया माझी छन्।
घाइते हुनेमा बसचालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने दिलकुमार श्रेष्ठ, बस सहचालक रामपुर–४ बेझाड बस्ने साजन श्रेष्ठ, रम्भा – १ का अङ्कित सुनार, कृष्ण केवट, प्रवीण सुनार, रामबहादुर विक, रीता विक, कासीराम विक, विशाल विक, आइसा विक, अविनाश विक, पुष्पा विक, मेघनाथ विक, स्याङजा बेलचौर नगरपालिका–९ की दिलमाया राना, रविन राना, पाल्पा झडेवाकी सुमित्रा विक, रम्भा गाउँपालिका–१ की रिमा विक, सन्जु सुनार, प्रेमबहादुर सुनार, आषिश सुनार, विजय विक, माया विक, स्याङ्जा गल्याङ–८ का मनोजकुमार विक, सरिता माझी, उमाकुमारी विक, रामु राना, रम्भा –१ की अस्मिता सुनार, ओमबहादुर विक, सेती विक र शिवकुमारी विक रहेका प्रहरीले जनाएको छ।
घाइतेलाई उपचारक लागि भरतपुर पठाइएको उहाँले जानकारी दिनुभयो ।*
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९, ०७:४७