काठमाडाैँ । यही कात्तिक १८ गतेदेखि मुलुकभरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।
स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सीआईएनसँग बताउनुभयो ।
आगामी मङ्सिर ४ को निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको उहाँको भनाइ छ ।
आयोगले मतदाता शिक्षा कार्यक्रम एक करोड ८० लाख मतदातासम्म पु¥याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्न लागेको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
मतदान गर्ने तरिका, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा स्वयंसेवकले जानकारी दिनेछन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९, १०:३१