काठमाडाैँ । टी–ट्वेन्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले दोस्रो जित हात पारेको छ । ब्रिसबेनमा सोमबार भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हराएको हो । १ सय ८० रनको लक्ष्य पाएको आयरल्याण्ड १८ ओभर १ बलमा १ सय ३७ रनमा अलआउट भयो ।
आयरल्याण्डका लोर्कान टुकरले अविजित ७१ रन बनाएपनि टिमलाई जिताउन ;केनन् . अष्ट्रेलियाका प्याट कमिन्स, ग्लेन म्याक्स्वेल, मिचेल स्टार्क र एडम जाम्पाले २-२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
कप्तान आरोन फिन्चले ६३ र मार्कुस स्टोइनिसले ३५ रन बनाए । आयरल्याण्डका बारी म्याककार्थीले ३ विकेट लिए। जितसँगै ४ खेलमा ५ अंक जोड्दै अष्ट्रेलिया समूह १ को दोस्रो स्थानमा उक्लिएको छ भने ३ अंक भएको आयरल्याण्ड चौथो स्थानमा छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९, १८:०५