काठमाडौँ । नेकपा एमालेले निर्वाचन घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाडौँको पाँच तारे होटेल याक एन्ड यतिमा मङ्गलवार एक कार्यक्रम गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणा पत्रमा एमालेले 'समृद्ध नेपालः सुखी नेपाली’को सङ्कल्पलाई निरन्तरता दिइएको छ । एमालेले घोषणा पत्रमा निकै धेरै नारा तयार पारेको छ ।
ट्वान्टी ग्यारेन्टी भनेर एमालेले २० वटा नारा तय गरेको हो । जसमा पहिलो सेसन, सम्बृद्धि अधिवेशन, हङ्गर नो लङगर, सुरक्षित छाना पुग्छ सबैको चाहना, खेत बारीमा पानी विदेशमा होइन स्वदेशमै जवानी, ५ लाख रोजगार न्युनतम ज्याला २५ हजार, भुमिगत तार शहर बजार, फ्रि युनिट ५० युनिटलगायत रहेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले यसअघि नै निर्वाचन घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९, १५:३२