काठमाडौ । अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्ड र श्रीलङ्का बिजयी भएका छन् ।
पहिलो खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हरायो । हारसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्दै श्रीलङ्काले ९ बल बाँकी छँदै, ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । जितसँगै श्रीलङ्का अङ्क तालिकाको चौथो स्थानमा छ ।
दोस्रो खेलमा इङ्ग्यान्डले न्युजिल्यान्ड २० रन हरायो । इङ्ग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले पुरै ओभर खेलेपनि ६ विकेट गुमाएर १ सय ५९ रन मात्रै बनाउन सक्यो ।
जितसँगै इङ्ग्यान्ड अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ, समान ५ अङ्क भएपनि न्युजिल्यान्ड पहिलो र अस्ट्रेलिया तेस्रो स्थानमा छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९, १८:०२