काठमाडौँ । लमजुङको रेडियो भोटे ओडारमा कार्यरत पत्रकार चाँदनी अधिकारीको डेङ्गु सङ्क्रमणबाट निधन भएको छ । २२ वर्षका पत्रकार अधिकारीलाई उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै निधन भएको रेडियोले जनाएको छ ।
बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी अधिकारीलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लैजाँदै गर्दा बिहान ६:३० बजे उहाँको निधन भएको हाे ।
उहाँको निधनप्रति सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबले दुख व्यक्त गरेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९, १७:२२