काठमाडाैँ । टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज भारतले बङ्गलादेशलाई हराएको छ । भारत डक वर्थ लेविस नियमका आधारमा ५ रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफमा बङ्गलादेशले राम्रो सुरुवात गरेपनि वर्षाले खेल प्रभावित बन्यो ।
वर्षा रोकिएपछि बङ्गलादेशले १६ ओभरमा एक सय ५१ रनको नयाँ लक्ष्य पायो । तर उसले ६ विकेट गुमाएर एक सय ४५ रन मात्रै बनाउन सक्यो । हारसँगै बङ्गलादेशको समिफाईनल प्रवेशको सम्भावना कमजोर बनेको छ । बंगलादेशका लिट्टोन दासले ६० रन बनाए । २७ बलमा ७ चौका र ३ छक्कासहित ६० रन बनाएका दास रनआउट भएसँगै बंगलादेशको ब्याटिङ धर्मराएको थियो ।
भारतका अर्सदिप सिंह र हार्दिक पान्ड्याले दुई दुई विकेट लिए । पहिले ब्याटिङ गरेको भारतका विराट कोहलीले नटआउट ६४ रन बनाए भने केएल राहुलले ५० रनको योगदान गरे । बंगलादेशका हसन मेहबुबले ३ तथा सकिब अल हसनले २ विकेट लिए ।
आजको पहिलो खेलमा नेदरल्यान्डले जिम्बावेलाई ५ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावे १९ ओभर २ बलमा एक सय १७ रन बनाएको थियो । एक सय १८ रनको लक्ष्य नेदरल्यान्डले १२ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा ग¥यो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९, १८:४८