काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने मुद्दाकाे छिनोफानो नहुँदासम्म जेलमा बस्नुपर्ने भएकाे छ । काठमाडाैँ जिल्ला अदालतमा थुनछेकको बहस सकिएपछि माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिनुभयो ।
लामिछानेलाई केन्द्रीय कारागार जगन्नाथ देवल पठाइएको पनि प्रवक्ता दाहालले जानकारी दिनुभयो ।
सन्दीपले गत भदौ ५ गते काठमाडौँको एक होटेलमा १७ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोग लागेको छ । किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरी अनुसन्धान पछि मुद्दा दायर गरेको हो । लामिछानेलाई २४ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९, १३:५७