काठमाडाैँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागिआवश्यक पर्ने मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिक तर्फ आवश्यक पर्ने आठ करोड तीन लाख ९४ हजार ५०० मतपत्र छपाइ सम्पन्न भएकाे हो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको हो । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड ९९ लाख १८ हजार ५०० र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।
आयोगले मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९, १३:११