काठमाडाैँ । पाकिस्तान टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको एडिलेटमा आइतबार बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान अन्तिम चारमा पुगेको हो । पाकिस्तान समग्रमा छैटौं पटक विश्वकपमा पुगेको हो ।
१ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका मोहम्मद रिजवानले ३२ र मोहमद हरिसले ३१ र कप्तान बाबर आजमले २५ तथा शान मासुदले रन बनाए ।
बंगलादेशका शकिब अल हसन, मुस्ताफिजुर रहमान, एबाडोट होसेन र नसुम अहमेदले १/१ विकेट लिए । पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । बंगलादेशका नाजमुल होसेन सान्टोले ५४ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ र शादब खानले २ विकेट लिए ।
यो समुहबाट बंगलादेश र दक्षिण अफ्रिका बाहिरिएका छन् । भारतले भने सेमिफाइनलमा स्थान बनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९, १६:२०