काठमाडौँ । पाँचथरको फिदिम माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मको पठनपाठनको माध्यम भाषा अङ्ग्रेजी छ । ८ वर्षदेखि अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ तर विद्यालयले थप शुल्क लिएको छैन भन्नुहुन्छ प्रधानअध्यापक विनोद ठाकुर ।
'सुरुमा हामीले अङ्ग्रेजी र नेपाली माध्यममा पढाइ सुरु गरेका थियौँ । यो दुई भाषा मध्ये अहिले आएर कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यममा मात्रै पढाइ भइरहेको छ ।' प्रधानाध्यापक ठाकुरले भन्नुभयो, 'अभिभावकको चाहाना पनि यसैमा धेरै देखिएका कारणले यसो गर्नुपरेको हो । नर्सरी र केजीले अङ्ग्रेजीमा पढ्न सकून भन्नका लागि २ वटा पीजी कलास पनि चलाएका छौँ ।'
अङ्ग्रेजी माध्यममा गएपछि सिकाइ उपलब्धि पनि राम्रो देखिएको उहाँको भनाइ छ ।
पाठ्यक्रम, नेपाल सरकारका विद्यमान कानुन र संविधानको धारा ३१ अनुसार पनि नानीहरुको पठनपाठनको माध्यम भाषा उसको आफ्नो भाषा हुनुपर्छ भन्ने किटानी गरेको उहाँको भनाइ छ।
लिम्बुभाषीको बाहुल्यता रहेको पाँचथरमा मात्र होइन,डोटेली भाषीका नागरिकको जनसङ्ख्या धेरै रहेको डडेलधुरामा पनि अङ्ग्रेजीलाई नै माध्यम भाषा रोज्ने सरकारी विद्यालय बढ्दैछन् ।
महेन्द्र मावि खलङ्गाका प्रधानाध्यापक सुरेन्द्र ऐर अङ्ग्रेजीप्रतिको मोहका कारण निजी विद्यालयमा अभिभावकको आकर्षण बढेको ठान्नुहुन्छ ।
'विद्यार्थी सङ्ख्या पनि त्यहाँ बढेको कारण पनि त्यही हो । अङ्ग्रेजीलाई पनि प्राथमिक्तामा राख्नुपर्छ।' उहाँले भन्नुभयो, 'अङ्ग्रेजीको आधार कसरी राम्रो बनाउने भन्ने बारेमा हाम्रो ध्यानाकर्षण भएको छ ।'
महेन्द्र माद्यामिक विद्यालय डडेलधुरा । तस्विरः ममता भट्ट डडेलधुरा र पाँचथर मात्र होइन मुलुकका अधिकांस सामुदायिक विद्यालय शुल्क लगाएरै पनि सकि नसकी अङ्ग्रेजी माध्यमको बाटो रोजिरहेका छन् ।
तत्कालीन शिक्षा विभाग, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता दीपक शर्माले कति सामुदायिक विद्यालय अङ्ग्रेजी माध्यममा गएका छन् भन्ने तथ्याङ्क आफूहरुले नराखेको र त्यो जरुरी नठानेको सीआईएनसँग बताउनुभयो ।
'यही भाषामा पढ भनेर विद्यार्थीलाई बाध्य पार्न मिल्दैन तर अनुपातका हिसाबले हेर्ने हो भने अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गर्ने विद्यालयको सङ्ख्या बढीरहेको छ ।' प्रवक्ता शर्माले भन्नुभयो ।
नीजिसँग प्रतिस्पर्धा गर्न र अभिभावकको माग थेग्न नसकेर भन्दै सरकारी विद्यालय भटाभट अङ्ग्रेजी माध्यममा जाँदै छन । स्थानीयदेखि केन्द्र सरकार खुलेर वा नखुलेर उत्सव मनाइरहेको जस्तो देखिन्छ । तर यसबाट संविधानको धारा ११ को व्यवस्था,पाठ्यक्रम विकास केन्द्रका निर्देशिका,विधि र कानुनको अउल्लङ्घन भएको छ ।
दिमागमा कोडेट भएको भाषामा पठनपाठन हुँदा अझ राम्रोसँग सिक्छ।' डा महतले भन्नुभयो, 'मातृभाषासँग बच्चाको संवेग पनि गाँसिएको हुने भएका कारण उसले सिकाइका क्रममा सहज महसुस गर्छ।
भाषा आयोगका अध्यक्ष तथा शिक्षाविद् डा लवदेव अवस्थीले सीआईएनसँग कुरा गर्दै यसबारेमा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी र शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइसकेको जानकारी दिनुभयो । पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रम, नेपाल सरकारका विद्यमान कानुन र संविधानको धारा ३१ अनुसार पनि नानीहरुको पठनपाठनको माध्यम भाषा उसको आफ्नो भाषा हुनुपर्छ भन्ने किटानी गरेको उहाँको भनाइ छ।
'अझैँ पनि नेपाली विद्यार्थीहरुको हालको सिकाइ दर हेर्ने हो भने ३०, ३५, ४० र ४५ को हाराहारीमा छ।' आयोगका अध्यक्ष अवस्थीले थप्नुभयो, ' परीक्षामा जसरी पनि पास हुनुपर्छ भन्नका लागि घोक्ने गलत अभ्यास भएको छ । विद्यार्थीको माध्यम भाषा के हो भन्ने विषयले सिकाइको स्तर निर्धारण गर्दछ।'
भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थी । मातृभाषा र सिकाइका विषयमा विद्यावारिधि गर्नु भएका उहाँले अहिले नेपाली विद्यार्थीको सिकाइ राम्रो नहुनुको कारण उनीहरुले मातृ भाषामा पढ्ने अवसर नपाउनु हो भन्नुभयो ।
विद्यार्थीको पठनपाठनको माध्यम भाषा उनीहरूको आफ्नो मातृभाषामा हुनुपर्ने संविधानमै लेखिए पनि ६ वर्षअघिको सरकारले विंस २०८२ देखि अनिवार्य अङ्ग्रेजी माध्यममा पढाउनुपर्ने निर्णय गरेको थियो । यद्यपी त्यो निर्णय कार्यान्वयन भएन ।
त्यतिबेलाका सूचना, सञ्चार तथा शिक्षा मन्त्री माधवप्रसाद पौडेल नेपाली भाषा पढ्नेहरु अन्तिममा खाडी मुलुक जानुपर्ने र अङ्ग्रेजी माध्यममा पढ्नेजति राम्रो सुविधा पाउने, प्रशासन, अमेरिका, बेलायत जाने अवस्थाको असन्तुलन हटाउन आफूले त्यस्तो निर्णय गरेको बताउनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भन्नुभयो, 'अङ्ग्रेजी भाषा सिकाउनुछ भन्ने नाउमा नेपाली शिक्षा र भाषा नसिकाउने वा नपढाउने गरी अर्को अतिमा जाँदा त्यस्ले राम्रो गर्दैन ।
विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण अध्ययनले ८ वर्षको उमेरसम्म मातृभाषाको माध्यमबाट पढाउँदा विद्यार्थीको सिकाइ उपलब्धि दर उच्च देखाएको छ । ४ वर्षपछि अंग्रेजी माध्यममा प्रवेश गर्ने विद्यार्थीको सिकाइ उपलब्धि दर भने निराशाजनक देखाएको छ ।
मनोविज्ञानका दृष्टिले पनि अंग्रेजी भन्दा मातृभाषा नै ठीक देखिएको वरिष्ठ चिकित्सवा मनोविद डा पशुपति महत बताउनुहुन्छ ।
वरिष्ठ चिकित्सा मनोविद डा पशुपति महत । 'स्कूले बालबालिकाहरुको मस्तिष्कको विकास हुने उमेर भएका कारण उसको दिमागमा कोडेट भएको भाषामा पठनपाठन हुँदा अझ राम्रोसँग सिक्छ।' डा महतले भन्नुभयो, 'मातृभाषासँग बच्चाको संवेग पनि गाँसिएको हुने भएका कारण उसले सिकाइका क्रममा सहज महसुस गर्छ। बच्चाले विद्यालयमा अङ्ग्रेजी पढेर आयो रे, घरपरिवारमा उसले अङ्ग्रेजीमै बोलचालको अभ्यास गर्न सक्दैन भने त्यस्तो सिकाइ प्रभावकारी हुन सक्दैन, त्यसैले मातृभाषा वा बोलचालको भाषालाइ पठनपाठनको माध्यम भाषा बनाउनु सिकाइका दृष्टिले प्रभावकारी हुन्छ।'
दक्षिण कोरिया, जापाल, जर्मनी संसारको बलियो देशमा अघिबढिरहेका छन । चीन संसारकै शक्तिदेश बन्ने बाटोमा छ । ती कुनै पनि देशमा शिक्षामा अंग्रेजी माध्यम सरकारले रोजेको छैन ।
विद्यालय र स्थानीय सरकार अङ्ग्रेजी अनिवार्य भन्ने बाटोमा लग्दा अङ्ग्रेजी नजान्ने शिक्षकले पढाएको अङ्ग्रेजी कस्तो होला ? नेपाली पनि नजान्ने अङ्ग्रेजी पनि नजान्ने कस्तो जनशक्ति तयार गर्दैछौं ? यसमा गम्भीर बहस आबश्यक छ ।
नेपालमा भने २७ हजार ८ सय ८३ सामुदायिक विद्यालयको नजर अङ्ग्रेजीतर्फ जाँदै गर्दा शिक्षा मन्त्रालय भने रोक्ने वा नियमन गर्ने तयारीमा छ ।
सीआईएनसँग कुरागर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भन्नुभयो, 'अङ्ग्रेजी भाषा सिकाउनुछ भन्ने नाउमा नेपाली शिक्षा र भाषा नसिकाउने वा नपढाउने गरी अर्को अतिमा जाँदा त्यस्ले राम्रो गर्दैन । सार्वजनिक शिक्षालाइ सबल बनाउने प्रक्रियामा गईसकेपछि हाम्रा मान्यताहरुलाई विकास गर्नुपर्छ । नक्कल गर्नेभन्दा पनि आफूलाई दृष्टान्तयोग्य बनाउनेगरी जान म अनुरोध गर्दछु ।'
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल । '२०/२५ वर्षपछि अङ्ग्रेजी भाषा नै प्रभूत्वशाली हुन्छ भन्ने के छ र ? ' मन्त्री पोखरेलले प्रश्न गर्दै भन्नुभयो, 'भाषाको नीति लिँदाखेरी अतिमा नजान म सबैलाई अनुरोध गर्दछु । कुन भाषाबाट बालबालिकाले धेरै सिक्न सक्छन्, त्यसलाई व्यावहारिक ढङ्गले समायोजन गर्न पनि अनुरोध गर्दछु ।'
विद्यालय र स्थानीय सरकार अङ्ग्रेजी अनिवार्य भन्ने बाटोमा लग्दा अङ्ग्रेजी नजान्ने शिक्षकले पढाएको अङ्ग्रेजी कस्तो होला ? नेपाली पनि नजान्ने अङ्ग्रेजी पनि नजान्ने कस्तो जनशक्ति तयार गर्दैछौं ? यसमा गम्भीर बहस आबश्यक छ ।
दैनिक बोलीचालीको भाषामा पठनपाठन गर्दा सिकाइ प्रभावकारी हुन्छ भन्ने तथ्य अभिभावक र विद्यालयलाई बुझाउन नसक्ने हो भने अहिलेका १ सय २३ मातृभाषाको अस्तित्व पनि समाप्त हुने भाषाविदहरुको तर्क छ ।
अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६, ०९:१९