काठमाडाैँ । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । मृत्यु हुनेमा ठेगाना नखुलेका अन्दाजी २० वर्षका अकल विक रहेको र दुई जनाको सनाखत हुन बाँकी रहेको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
मुगुबाट सुर्खेतका लागि छुटेको भे १ च ४४१२ नम्बरको जिप कालिकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना भएको हो । जीपमा १० जना यात्रु थिए । दुर्घटनाको कारण खुल्न बाँकी छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९, १७:२३