अनुज पछाई
पूर्वी रुकुम । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
मङ्गलवार राति प्युठानको बिजुवारबाट पुर्ण गाउँका लागि छुटेको लु १ ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका ५ कुडापानीको घुम्टीमा दुर्घटना हुँदा प्युठानकै पातलकटेरीका ४६ वर्षका खुमन थापा, उहाँकी श्रीमती ४६ वर्षकी बच्ची थापा (जुनकी) र सोही ठाउँका ५२ वर्षका महिमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिनुभयो ।
घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमा उपचार भइरहेको छ भने ६ जनालाई थप उपचारको लागि बुटवल लगिएको छ ।
चालक प्युठान नगरपालिका ९ का २३ वर्षका विनोद केएम सामान्य घाइते हुनुहुन्छ । जिप अनियन्त्रित भई दुर्घटना भएको चालकले बताएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९