इटहरी । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । मोरङ ३ को प्रदेशसभा कबाट नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका थापाको बुधवार बिहान नोबेल मेडिकल कलेजमा निधन भएको हो ।
थापालाई गम्भीर प्रकारको निमोनिया भएको अस्पतालले जनाएको छ । थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौँको ह्याम्स अस्पतालमा तीन साता उपचार गरिएको थियो । त्यसपछि निको भएर विराटनगर लगिएका थापालाई कमजोरी महसुस भएसँगै निरन्तर अक्सिजनको सहयोगमा उपचार गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९, १२:५०