काठमाडौँ । इंग्लयान्ड, टी–ट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अस्ट्रेलियाको एडिलेडमा आज भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।
१६९ रनको लक्ष्य इंग्ल्यान्डले खेल सकिन ४ ओभर बाँकी हुँदै पूरा गर्यो । इंग्ल्यान्डका एलेक्स हल्सले नटआउट ८६ र जोस बटलरले नटआउट ८० रन बनाए ।
हल्सले ४७ बलमा ४ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै, बलटरले ४९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । भारतका ६ जना बलरले बलिङ गरे पनि विकेट भने कसैले लिन सकेनन् ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ६३ तथा विराट कोहलीले ५० रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए ।
उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डबिच आइतवार खेल हुनेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९, १७:३४