काठमाडाैँ । सर्वोच्च अदालतले 'नो नट अगेन' सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले यसअघि गएकाे आइतवार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो ।
सामाजिक सञ्जालको पेज 'नो नट अगेन' लगायतका पेजलाई बन्देज लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९, १८:१२