काठमाडौँ । नेपाल १५ बर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलको विजेता बनेको छ ।
बंगलादेशको ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो नेपालले महिला फुटबलको उमेर समूहमा प्राप्त गरेको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो ।
खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएको खेलको ५४ औं मिनेटमा बंगलादेशका रुमाले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी पाएको थियो तर नेपालका गोलकिपर तथा कप्तान सुजता तामाङले उत्कृष्ट बचाउ गरे पछी नेपाल च्याम्पियन बन्न सफल भएको हो ।
त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिदा नेपाल च्याम्पियन बनेको हो ।
यस बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचाल्न सफल भयो । बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९, १९:०९