काठमाडौँ । सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने भवन, प्राङ्गणलगायतका भौतिक संरचना उपलब्ध गराउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालये ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेर आवश्यक व्यवस्था मिलाउन भनेको मन्त्रालयका प्रवक्ता रुद्रसिङ तामाङले सीआईएनसँग बताउनुभयो ।
निर्वाचनका लागि मतदान केन्द्र निर्माण तथा व्यवस्थापन गर्ने कर्मचारी मङ्सिर १ गते सम्बन्धित स्थानमा पुग्ने भएकाले २ देखि ४ गतेसम्म तोकिएका सार्वजनिक विद्यालय, वडा तथा स्वास्थ्य कार्यालय, अन्य भवन तथा भौतिक संरचना उपलब्ध गराउन निर्वाचन आयोगले सरकारसँग अनुरोध गरेको थियो ।
त्यसैका आधारमा मन्त्रालयले परिपत्र गरेको हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९, ०९:०१