नेपालमा हामीले उपयोग गरिरहेको लोकतन्त्र र हुनुपर्ने लोकतन्त्रको बीचमा ठूलो खाडल छ ।
वास्तविक लोकतन्त्रमा जनता नागरिकको हैसियतमा हुनुपर्छ । तर यहाँका जनता त नागरिक बन्नै सकेका छैनौँ ।
चुनावका बेलामा नेता वा उम्मेदवारले नागरिक समक्ष गएर कुरा सुनेको जस्तो गर्छन्, बिभिन्न वाचाहरु पनि गर्छन् र तपाईंका कुरा मान्छौँ पनि भन्छन् ।
त्यसबेला हामीलाई ‘म त अब नागरिक भएँ कि क्या हो’ भन्ने लाग्न सक्छ ।
तर निर्वाचनपछि उनीहरू फर्केर आउँदैनन् ।
नागरिकप्रति उनीहरू न त जिम्मेवार बन्छन् न त जवाफदेही नै ।
भनेका वाचा पनि पूरा गर्दैनन् । अर्कोतिर निर्वाचनपछि बन्ने सरकारहरू पनि अपारदर्शी र गैरलोकतान्त्रिक चरित्रका हुने गरेका छन् ।
स्थानीय गुण्डादेखि अपराधी, साहु, सुदखोरलगायतसँग उनीहरूको गठजोड रहन्छ ।
नीहरू आर्थिक रूपमा एकदमै अपारदर्शी छन् । निर्वाचनमा कति खर्च हुन्छ ? भन्नेबारे उनीहरू मौन रहन्छन् ।
सरकार कुन हदसम्म नागरिकमैत्री छैनन् भन्ने कुराका भुक्तभोगी हामी नै छौँ ।
देशमा लोकतन्त्र त छ तर संरचनागत लाभांश पाएका, हुनेखाने वर्ग अर्थात् माथिल्लो तहमा रहेकाहरूका लागि मात्रै लोकतन्त्र छ ।
नयाँ चुनौती पर्गेल्ने अनि नयाँ प्रविधि र समाजको नयाँ आयामका बारेमा बुझ्ने त युवा पुस्ताले नै हो नि ।
तर उहाँहरूले अवसर पाउनुभएको छैन । यस्तो अवस्थाका बीच यतिबेला हाम्रो सामु अवसर आएको छ ।
संरचनाको पिँधमा रहेका बाँकी मानिस त प्रजाकै रूपमा बाँच्नुपर्ने अवस्था छ । यो विडम्बनापूर्ण चित्र हो ।
दल उम्मेदवार र सरकारलाई नागरिकमैत्री, जवाफदेही र जिम्मेवार बनाउन नागरिक अगुवा, अधिकारकर्मी, सञ्चारमाध्यमलगायत सबै नै चुकेका छौँ ।
यसको जिम्मेवारी सबैले लिनुपर्छ । मिडियाले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्ने जति गर्न सकेन कि ?
नागरिक समाज पनि कमजोर भएकै हो । राजनीतिक दलको आबद्धता पनि यसको कारक हो ।
राजनीतिक आबद्धता नराम्रो होइन तर नागरिकले त आलोचनात्मक दृष्टिकोण बनाउन सक्नुपर्यो नि ।
कुनै दलमा आबद्ध भएपछि त्यो दलले जे भने पनि सही हो भन्ने कुरा हुन भएन । सचेत नागरिकको समूह भएन ।
सशक्त समूह भएन । नागरिक आन्दोलन पनि सक्रिय र ‘क्रिटिकल’ हुन सकिरहेको छैन ।
राजनीतिक आबद्धताभन्दा बहिर निस्केर प्रश्न गर्न सक्ने हुनुपर्छ ।
सबैभन्दा ठूलो जिम्मेवारी त राजनीतिक दलको छ । अनि अहिलेको अघिल्लो नेतृत्वको जिम्मेवारी बढी छ ।
उनीहरूमा अरू कसैलाई आउन नदिने । नयाँ पुस्तालाई अघि बढ्न नदिने । परम्परागत संरचनाभित्र जकडेर राख्ने क्रम छ । यो गलत हो ।
हामीले विश्वप्रकाश शर्मा गगन थापाहरूलाई युवा नेता भनेको कति वर्ष भइसक्यो हेरौँ न ।
उहाँहरू त ५० वर्ष नाघिसक्नुभयो तर अझै पनि उहाँहरू पार्टी वा देशको नेतृत्व गर्ने ठाउँमा त पुगिसक्नुभएको छैन ।
देश हाँक्ने त अब युवा पुस्ताले हो नि ।
किन यो देशमा नागरिकले सुविस्ताको साटो सास्ती धेरै पाउँछन् ? किन सुदखोर र साहुको हालिमुहाली चल्छ र तपाईंले जितेपछि यसको समाधानका लागि के गर्नु हुन्छ भन्ने खालका कडाकडा प्रश्न सोधौँ ।
नयाँ चुनौती पर्गेल्ने अनि नयाँ प्रविधि र समाजको नयाँ आयामका बारेमा बुझ्ने त युवा पुस्ताले नै हो नि ।
तर उहाँहरूले अवसर पाउनुभएको छैन ।
यस्तो अवस्थाका बीच यतिबेला हाम्रो सामु अवसर आएको छ ।
अहिले निर्वाचनको बेला छ । उम्मेदवारहरू मतदातासमक्ष पुगिरहेका छन् । घरघरमा बिभिन्न वाचा गर्दै र सपना देखाउँदै पुगेका उम्मेदवारलाई मतदाताले प्रश्न सोध्ने बेला हो यो ।
नीहरूलाई कडाभन्दा कडा प्रश्न सोधौँ । नागरिक अधिकारका बारेमा, लोकतन्त्रका बारेमा, समावेशिताका बारेमा, सीमान्तकृत र अल्पसंख्यक अर्थात संरचनात्मक साभांशको पिँधमा रहेका नागरिकहरूका बारेमा तपाईं र तपाईंको दलको धारणा के हो भनेर सोध्नुपर्छ ?
किन यो देशमा सबैले समान रूपमा न्याय पाउँदैनन् ?
किन यो देशमा नागरिकले सुविस्ताको साटो सास्ती धेरै पाउँछन् ?
किन सुदखोर र साहुको हालिमुहाली चल्छ र तपाईंले जितेपछि यसको समाधानका लागि के गर्नु हुन्छ भन्ने खालका कडाकडा प्रश्न सोधौँ ।
श्न सोध्ने र जवाफ खोज्ने अनि निर्वाचित भएपछि वाचा अनुसार गरेनगरेको निरन्तर निगरानी पनि गरिरहनुपर्छ ।
निरन्तर प्रश्न सोध्न छोड्नु हुँदैन । लोकतन्त्रमा सरकारलाई नागरिकमैत्री अनि जिम्मेवार जवाफदेही र पारदर्शी बनाउन नागरिकको प्रश्न सर्वाधिक ठूलो औजार हो ।
(उप्रेतीसँग गरिएको कुराकानीमा आधारित)
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९, ०९:००