काठमाडाैँ । यूएईसँगको पहिलो एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले २ सय ६४ रनको लक्ष्य पाएको छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएपछि नेपालले २६४ रनको लक्ष्य पाएको हो ।
युएईका रोहन मुस्तफाले ५३, मुहमद वासिमले ४४ र भ्रित्य अरबिन्दले ४० रन बनाउनुभयो ।
नेपालका गुलशन झाले २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिनुभयो । नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ । नेपाल नयाँ कप्तान राेहितकुमार पाैडेलको नेतृत्वमा मैदानमा छ ।
नेपाल र युएईबीच तीन एकदिवसीय क्रिकेट खेल हुनेछन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९, १३:०३