काठमाडौँ । यूएईसँगकाे एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ८४ रनले पराजित भएको छ । २ सय ६४ रनको लक्ष्य पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।
अर्जुन साउद र दीपेन्द्रसिंह ऐरीले केही सम्हाले पनि बाँकी ब्याटरले गतिलो प्रदर्शन गर्न नसक्दा नेपालले लक्ष्य भेट्टाउन सकेन ।
अन्तर्राष्ट्रिय एकदिवसीयमा डेब्यु गरेका अर्जुनले ५१ र दीपेन्द्रले ५४ रन बनाए । आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए भने कुशल भुर्तेल ६,सोमपाल कामी ३, करण केसी ३कप्तान रोहित पौडेल १ र ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए ।
गुल्शन झाले अविजित १९ र ललित राजवंशीले अविजित ६ रन बनाए । युएईका आयन अफ्जल खानले ४, बसिल हामिदले २ तथा जाहोर खान,रोहन मुस्तफा र अहमेद राजाले १/१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो । युएईका रोहन मुस्तफाले ५३ र मुहमद वासिमले ४४ र भृत्य अरविन्दले ४० रन बनाए ।
नेपालका गुल्शन झाले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए ।
जितसँगै युएईले तीन खेलको एक दिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल पर्सि बुधवार तथा तेस्रो तथा अन्तिम खेल आउँदो शनिवार कीर्तिपुरमा हुनेछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९, १६:३२