काठमाडौँ । निर्वाचन आयोगले मतदातालाई गरेको वाचा पूरा नगर्ने सांसदलाई फिर्ता बोलाउने कानुनी व्यवस्था गर्न प्रक्रिया सुरु गरेको छ ।
आयोगले कानुनको मस्यौदा बनाएर आगामी संसदमा पठाउने तयारी गरेको हो ।
सीआईएनसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलले गरेको प्रतिबद्धता कार्यान्वयन भएनभएकोदेखि निर्वाचित भएका व्यक्तिलाई फिर्ता बोलाउन पाउने गरी कानुनको मस्यौदा गर्न लागिएको बताउनुभयो ।
उहाँका अनुसार सर्वोच्च अदालतको विगतको फैसलालाई आधार बनाएर उम्मेदवार बहिस्कारदेखि राजनीतिक दलमा देखिएको चुनावी गठबन्धन, नेताहरूको दल अदलबदललाई नियन्त्रण गर्ने गरी कानुनको मस्यौदा बनाउने काम भइरहेको छ ।
मतदाताहरूमा आएको चेतना र उम्मेदवारको निरन्तरको आश्वासन व्यवहारमा पूरा नभएको भन्दै उम्मेदवार बहिस्कार र राम्रो काम नगर्नेलाई फिर्ता बोलाउनुपर्ने माग जोडतोडका साथ उठेपछि आयोगले यस्तो तयारी थालेको थपलियाको भनाइ छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियासँगगको कुराकानी सुन्नुहोस्ः
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९, ०८:५७