जुम्ला । जुम्लाको तिला गाउँपालिका ४ मा निर्वाचन सामाग्री बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
त्रिवेणीबाट भेरिखोलाका लागि छुटेको भे १ च २१८८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने, प्रहरी नायव उपरिक्षक सीताराम दराई, सहायक हवल्दार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एक जना कार्यालय सहयोगी घाइते भएको जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिनुभयो ।
घाइतेमध्ये चन्द र विष्ट गम्भीर रहेको उहाँले बताउनुभयो । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९, १६:५०