काठमाडाैँ । नेपालसँगको तेस्रो तथा शृंखलाको अन्तिम एक दिवसीय क्रिकेटमा यूएईले १ सय ७७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो । युएईका आयन अफजल खानले अविजित ५४, अलिशन शराफुले ३३ र रोहन मुस्तफाले २४ रन बनाउनुभयो ।
९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोहोर्याउनुभयो ।
नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक एक विकेट लिनुभयो । यसअघि एक एक खेल जितेकाले आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९, १२:४८