बाजुरा । बाजुराको त्रिवेणी ७ मा कुटपिटबाट एक जना विद्यार्थी नेताको मृत्यु भएको छ ।
निर्वाचनका विषयमा कुटपिट हुँदा अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्रिबेणी ७ को नाट्येश्वरी आधारभुत विद्यालयमा मतदानको विषयमा विवाद भएको र पछि काँग्रेसका कार्यकर्ताले अयडीको घरमै गएर निर्घात कुटपिट गरेकाे स्थानीय बासिन्दाले बताएका छन् । उपचारका लागि अछामको बयल पाटा अस्पतालमा पुर्याइए पनि अयडीलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
त्रिबेणी ७ मा आइतबार मतदानको विषयमा विवाद हुँदा प्रहरीले चलाएको गाेली लागि स्थानीय काँग्रेस कार्यकर्ता सञ्जीव अयडिको मृत्यु भएको थियो । सञ्जीवको मृत्युपछि काँग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्ता माथि कुटपिट गरेका बताइएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९, ०९:२८