बैतडी । बैतडीमा प्रतिनिधि सभा र प्रदेश सभाको मतपेटिका जिल्ला सदरमुकाम गोठालपानी मुगेका छन् ।
आज बिहान १० बजे सबै मतदान केन्द्रबाट मतपेटिका समदरमुकाम पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालको नवनिर्मित भवनमा मत पेटिका राखिएको र दिउसो १ बजे सर्बदलिय बैठक बसेर मतगणना कुन बेला सुरु गर्ने भन्ने बारेमा निर्णय लिइने उहाँको भनाइ छ ।
हिजो भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीमा ७८ हजार ३ सय ६९ मत खसेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९, ११:०७