काठमाडौ । प्रतिनिधिसभा अन्तर्गत मुस्ताङमा नेपाली काँग्रेसका उमेद्वार, योगेश गौचन थकाली निर्वाचत हुनु भएको छ ।
आज सकिएको मतगणनामा काँग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गर्नुभयो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश काँग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुनुहुन्छ । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले काँग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गर्नुभएको थियो ।
निर्वाचन आयोगले मतपरिणाको घोषणा गर्न बाँकी छ । एमालेले मुस्ताङलाई आफ्नो पकड भन्दै अनिवार्य जितको क्षेत्रमा राखेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले भने ८७ मत मात्रै ल्याउनु भयो ।
मुस्ताङका कूल मतदाता १० हजार नौ सय ५७ रहेका छन् । हिजो भएको निर्वाचनमा मुस्ताङमा सात हजार दूई सय ३० मत खसेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९, १२:२५