काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह निर्वाचित हुनुभएको छ ।
सिंहको यो लगातार चौथो जित हो ।
७ हजार एक सय ४० मत ल्याएर उहाँ विजयी हुँदा निकटम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार ११ मत पाउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
१ सय २९ मतान्तरमा मिश्र पराजित हुनुभएको हो । २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गर्नुभएको थियो ।
सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नम्बर १ बाटै निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९, ०६:५१