काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट गगन थापा निर्वाचित हुनु भएको छ ।
थापाले नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराईलाई पराजित गनु भएको हो ।
थापाले ७ हजार ४ सय ४६ मतान्तरले भट्टराईलाई पराजित गर्नु भएको हो ।
गगन थापाले २१ हजार ३ सय १ र एमालेका उम्मेदवार भट्टराईले १३ हजार ८ सय ५५ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
थापा निर्वाचित भएको केही बेरमा घोषणा गर्ने तयारी छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९, ११:४६