काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा सिद्धान्तका विषयमा फेरि नयाँ बहस सुरु भएको छ । पूर्व नेकपा एमालेले मानेको जनताको बहुदलीय जनवादलाई परिस्कृत गरेर नयाँ सिद्धान्तमा जाने विषयमा बहस सुरु भएको छ । छब्बीसौँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका पुगेको दिनबाट बहस सुरु भएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ जाने बताउनुभएको छ । मदननगर बल्खुमा आयोजित कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय रुपमा मार्क्सवाद सङ्कटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेको उहाँले टिप्पणी गर्नुभयो । ‘प्रचण्डले भन्नुभयो, “पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी कम्युनिष्ट आन्दोलनमा भण्डारीले वैचारिक दृष्टिकोण दिनुभएको हो ।”
नयाँ परिस्थितिअनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्न सकेमा मात्र हामी वैज्ञानिक सश्लेषण गर्न समर्थ हुने प्रचण्डको भनाई छ । जनवर्गीय सङ्गठनको एकता गरिएकाले अब केही दिनमा जिल्ला अधिवेशन गरी केही महीनाभित्र महाधिवेशन सम्पन्न गरिने योजना रहेको बताउनुभयो ।
जनवाद’ र ‘जनयुद्ध’ शब्दावलीमा केही फरक मत देखिन्छ । तर, जनताको जनवादका विशेषतामा बहुदलीय शासन पद्धति, आवधिक निर्वाचन प्रणाली, संविधानको सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन, बहुलतायुक्त खुला समाज, सामाजिक व्यवस्था अपनाउने भनिएको छ ।‘
अर्थव्यवस्थाको सन्दर्भमा समाजवादउन्मुख, सामाजिक, सांस्कृतिक हकमा अन्धविश्वासयुक्त मूल्यमान्यतालाई विस्थापित गर्दै वैज्ञानिक मूल्यमान्यता स्थापित गर्ने पार्टीको नीति देखिन्छ ।
पार्टी एकता हुँदा माक्र्सवाद, लेनीनवाद र जनताको जनवादमा सहमति छ । यसलाई पूर्व एमालेले जनताको बहुदलीय जनवाद नै भएको दावी गरेका छन । तर पूर्व माओवादी त्यसलाई मान्न तयार छैनन ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६