काठमाडौँ । काठमाडौँ-९ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गर्नुभयो । सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत पाउनुभयो ।
यससँगै एमालेले काठमाडाैँ उपत्यकामा दोस्रो सिट हात पारेको हो । यसअघि ललितपुर २ मा एमाले उम्मेदवार विजयी हुनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९, १४:५६