काठमाडाैँ । मंसिर ४ गते भएको निर्वाचनको मत परिणाम अाइरहेको छ । बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।
जसअनुसार अहिलेसम्म नेपाली कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले ३/३ सिटमा जित हासिल गरेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक ठाउँमा जित हात पारेका छन् ।
को कहाँ विजयी ?
नेपाली कांग्रेस
काठमाडौं-१: प्रकाशमान सिंह
काठमाडौं-३ सन्तोष चालिसे
काठमाडौं-४: गगन थापा
काठमाडौं-५: प्रदीप पौडेल
काठमाडौं-१०: राजन केसी
मनाङ- टेकबहादुर गुरूङ
मुस्ताङ: योगेश गौचन
तनहुँ-२: शंकर भण्डारी
सुर्खेत-२: हृदयराम थानी
ललितपुर-१: उदयशमशेर राणा
पर्सा-४: रमेश रिजाल
डडेल्धुरा: शेरबहादुर देउवा
रसुवा: मोहन आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं-८: विराजभक्त श्रेष्ठ
काठमाडौं-२ : सोविता गौतम
काठमाडौं-७: गणेश पराजुली
नेकपा एमाले
ललितपुर-२: प्रेमबहादुर महर्जन
काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ
उदयपुर-२: डम्बरबहादुर रायमाझी
नेकपा (एकीकृत समाजवादी)
अछाम-२: शेरबहादुर कुँवर
राष्ट्रिय प्रजातन्त्र पार्टी
बाँके-२: धवलशमशेर राणा
नागरिक उन्मुक्ति पार्टी
कैलाली-३: गंगाराम चौधरी
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९, १०:४९