कृष्ण फुरुम्वो लिम्बू
ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधि सभामा नेकपामा एमालेका सचिव योगेश भट्टराई विजयी हुनु भएको छ । भट्टराईले नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीलाई २ सय ८ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
भट्टराईले २१ हजार ९ सय ४३ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी बुडाक्षेत्रीले २१ हजार ७ सय ३५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । मत परिणामको आधिकारिक घोषणा हुन भने बाँकी छ ।
भट्टराई २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । प्रतिनिधिसभाका लागि ताप्लेजुङबाट २ स्वतन्त्रसहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । ८८ हजार २ सय ८५ जना मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३ सय ७२ मत खसेको थियो ।
ताप्लेजुङमा अब प्रदेशसभाको २ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको, समानुपातिक तर्फको र प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना गर्न बाँकी रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९, १४:५४