काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी हुनुभएको छ । उहाँले १४ हजार २०४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्नुभयो । कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत बालकृष्ण मिश्रले सीआईएनलाई जानकारी दिनुभयो ।
काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गर्नुभयो । गठबन्धनको सहयोगमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मत पाउनुभयो ।
काठमाडौँ ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ विजयी हुनुभयो । उहाँले १० हजार १०५ मत प्राप्त गर्नुभयो । उहाँले निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतले पराजित गर्नुभयो । सायमीले ५ हजार ८ सय ८९ मत पाउनुभयो ।
यस्तै, काठमाडौँ २ बाट रास्वापाका शाेविता गाैतम विजयी हुनुभएको छ । उहाँले १५ हजार १२९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गर्नुभयो भने राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९, १५:५०