डडेलधुरा । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगातार सातौँ पटक प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ ।
देउवाले २५ हजार ५ सय ३४ मतसहित आफ्नो अपराजित यात्रा कायम राख्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभयो ।
यस्तै नेपाली काँग्रेस बीपीका कर्णबहादुर मल्लले सात हजार ५ सय ३५ मत पाउनुभयो । देउवा यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा डडेलधुराबाट निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९, १९:३६