चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ ।
चितवन क्षेत्र नम्बर २ बाट उहाँ ४९ हजार २६१ मतसहित निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गर्नुभयो । लामिछाने र श्रेष्ठबीचको मतान्तर ३४ हजार १६२ रहेको छ । नेकपा एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याउनुभयो । यसअघि २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित हुनुभएको थियो ।
यसैबीच, निर्वाचित लामिछानेले राजनीतिमा निर्वाचित हुनुभनेको विजयी हुनु नभएको भन्दै परीक्षा दिन सक्षम भएको बताउनुभएको छ । लामिछानेले अहिले कुनै विजय र्याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद सभा गर्ने जानकारी दिनुभयो । धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चउर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने र त्यसमा आफ्ना कुरा राखिदिन पनि उहाँले अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९, १३:४८