काठमाडौँ । काठमाडौँको टौदड चराका लागि रोजाइको क्षेत्र हो । यो ठाउँमा जाडो छल्न चीन, रुस, जापानलगायत देशको आकाश हुँदै चरा आउने गर्छन् ।
यस्ता चरामध्येको एक हो जलेवा । हरेक जाडाे याममा टाैदहमा आउने जलेवा यहाँकाे आकर्षण नै हाे । जलेवाको मन पर्ने खाना माछा हो । टौदहमा जाडो छल्न आएका जलेवाले माछा पक्रेको दृश्य चाख लाग्दो देखिन्छ ।
तस्वीरहरू-ओम यादव
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९, १६:४०