शीर्ष नेताहरू एकमत नभएपछि तल्लो तहका कार्यकर्तामा आशङ्का र अलमल देखियो । बझाङका नेकपा कार्यकर्ता जीवन भण्डारी, एकताले पूर्णता नपाउँदा आम कार्यकर्तामा असन्तुष्टि बढेको बताउनुहुन्छ ।
काठमाडौं । एक वर्षअघि काठमाडौंको राष्ट्रिय सभागृहमा खचाखच भरिएका कार्यकर्ता र शुभचिन्तकका बीच शिर्ष नेताहरूको उपस्थितिमा नेकपाले एकताको औचारिक घोषणा गर्यो । ३ महिनाभित्र एकताका सबै प्रक्रिया सक्नेदेखि देखि २ वर्षभित्र महाधिबेशन गर्नेसम्मका घोषणा भए । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको भनाइ थियो, ‘अब हामी अन्तरघुलित भयौं, पार्टीमा कुनै धार छुट्टिँदैन ।’
तर यसबीचको समय नेकपाको एकता प्रक्रिया सरल रेखामा अगाडी बढेन । नेकपाले राजनीतिक, वैचारिक र सङ्घठनात्मक रूपमा केही सुधार गरेको जस्तो देखिए पनि वैचारिक र सङ्गठनात्मक एकताको विषय पटक पटक बल्झियो ।
शीर्ष नेताहरू एकमत नभएपछि तल्लो तहका कार्यकर्तामा आशङ्का र अलमल देखियो । बझाङका नेकपा कार्यकर्ता जीवन भण्डारी, एकताले पूर्णता नपाउँदा आम कार्यकर्तामा असन्तुष्टि बढेको बताउनुहुन्छ ।
सचिवालय गठनदेखि प्रदेश, जिल्लास्तरको संगठन निर्माणमा नै नेताहरूमा गुट र उपगुटको छनक देखियो । न शीर्ष नेताहरूले लुकाउन सके, न सबैको चित्त बुझाउन । नेकपाले आफ्नो सैद्धान्तिक तथा वैचारिक नीतिमाथि बहस नै गर्न पाएन ।
नियुक्ति, सरुवा, बढुवादेखि अन्तराष्ट्रिय स्तरका कार्यक्रम सम्मन्वय र सहभागिताका विषय सरकार र पार्टीबीच मतभेदका विषय बने । सङ्घीयता कार्यान्वयनका बारेमा नेताहरूबीच विचारमा विविधता र असन्तुष्टि सुनियो, यसकारण जिल्ला तहका नेताले पनि घुलमिलको महससुस गर्न पाएनन् ।
सचिवालय गठनदेखि प्रदेश, जिल्लास्तरको संगठन निर्माणमा नै नेताहरूमा गुट र उपगुटको छनक देखियो । न शीर्ष नेताहरूले लुकाउन सके, न सबैको चित्त बुझाउन । नेकपाले आफ्नो सैद्धान्तिक तथा वैचारिक नीतिमाथि बहस नै गर्न पाएन । यसले नेकपालाई एकिकरण प्रक्रिया नसकिंदै कमजोर बनाउने विश्लेषक विष्णु सापकोटा बताउनुहुन्छ ।
कुटनीतिक र अन्तराष्ट्रिय परिवेशलाई बुझ्ने सन्र्दभमा पनि दुई अध्यक्षबीच फरक बुझाइ देखियो भने तत्कालीन एमालेले लिएको जनताको बहुदलीय जनवादलाई स्वीकार गर्ने कि नयाँ विचार जन्माउने भन्नेमा अझैँ सहमति जुट्न सकेको छैन । विश्लेषकहरू भन्छन् नेकपाले समसामयिक विषयमा पनि समान धारणा बनाउन सकेन ।
तीन महिनामा सक्ने भनेको पार्टी एकताको काम १२ महिनामा पनि सकिएन । शीर्षदेखि स्थानीयस्तरबाट आईरहेका विचारलाई ठूलो पार्टी हुनुको सौन्दर्य ठान्दै एकताका काम सक्ने वा विचारको विविधतालाई वेवास्ता गरी तत्कालन महाधिबेशन सकेर पार्टीका निर्णय, नीति, सिद्धान्तलाई औपचारिकता दिने भन्नेमा शीर्ष नेतृत्व अझैँ प्रभाव र दवावमा देखिन्छ ।
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६, ११:३०