काठमाडाैँ । कतारमा जारी विश्वकप फुटबलमा अस्ट्रेलियाले ट्युनिसियालाई १-० ले पराजित गरेको छ । खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई जिताउनुभयो ।
ट्युनिसियाले गोलको लागि निकै प्रयास गरे पनि गोल भने गर्न भने सकेन । यो अस्ट्रेलियाले पहिलो जित हो। अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेलेको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९, १८:४६