काठमाडाैँ । कतारमा चलिरहेको विश्वकप फुटबलमा कोस्टारिकाले पहिलो जित हात पारेको छ । पहिलो खेलमा स्पेनसँग ७–० को फराकिलो हार ब्यहोरेको कोस्टारिकाले जापानलाई १–०ले हराएको हो । खेलको ८१ औँ मिनेटमा कोस्टारिकाका किसेर फुल्लेरले गरेको गोल नै निर्णायक भयो ।
नतिजासँगै यो समुहबाट कोस्टारिका, जापान र स्पेनको तीन तीन अंक भएको छ । जापानले आफ्नो पहिलो खेलमा जर्मनीलाई हराएको थियो । यहि समुहको खेलमा आज मध्यराती स्पेन र जर्मनी खेल्दैछन् । जर्मनी पहिलो खेलमा पराजित भएकाले आजको खेल जित्नैपर्ने दबाबमा हुनेछ । यस्तै पहिलो खेलमा कोस्टारिकालाई हराएको स्पेन आज पनि जित हात पार्दै १ खेल अघि नै अर्को चरणमा पुग्न चाहन्छ ।
विश्वकप फुटबलमा आजै बेल्जियम र मोरक्को खेल्नेछन् । यो खेल बेलुकी पौने ७ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १–० ले हराएको बेल्जियम आजको खेलमा पनि जित हात पार्न चाहन्छ । मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ ।
आजको तेस्रो खेलमा क्रोएसिया र क्यानडा खेल्नेछन । यो खेल राति पौने १० बजे सुरु हुनेछ । दुबै टोली पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९, १७:४५