काठमाडौ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार वटा खेलहरु हुँदैछन् । जसमा समूह ‘सी’ र समूह ‘डी’ का खेलहरु हुनेछन् । पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।
दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस समूहबाट फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । आजको खेलबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ ।
दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुँदैछ । दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९, ०७:३४