काठमाडाैँ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ । खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।
नयाँ प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टूमा पहिलो खेल खेल्न लागेको हो । यो नयाँ कप्तान रोहित पौडेलको नेतृत्वमा पनि लिग टूको पहिलो खेल हो । नामिबियाको विन्डहोकमा हुने खेलमा नेपाल एकदिवसीयमा नामिबियासँग पहिलो जितकाे खोजिमा हुनेछ ।
नेपाल, नामिबिया र स्कटल्याण्ड नै सहभागी शृखंला गत जुलाईमा स्कटल्याण्डमा भएको थियो । त्यसबेला नेपालले नामिबिया विरुद्धको दुवै खेलमा पराजित भएको थियो ।
शृंखलाको पहिलो खेलमा बिहीबार नामिबिया स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । नामिबिया २७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ भने २० खेलबाट नेपालको १७ अंक छ र छैटौं स्थानमा छ । स्कटल्याण्ड २९ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ ।
लिग टुमा शीर्ष तीनमा रहँदै ग्लोबल क्वालिफाइरमा पुग्न नेपालका लागि अहिलेको र बाँकी सबै शृंखला महत्वपूर्ण छन् । एकदिवसीयको मान्यता कायमै राख्न नेपालले खेल्न बाँकी १६ मध्ये १० खेल जित्नैपर्छ ।
दुई साताअघि कीर्तिपुरमा युएईसँगको खेलमा एकदिवसीयमा डेब्यु गरेका अर्जुन साउद र हरिशंकर साह मात्र होइन केही समय पछि कमब्याक गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल पनि टिममा छन्। नेपाली टिमका सबैभन्दा भरपर्दा स्पिनर भने यसपटक टिममा हुने छैनन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९, ११:३५